काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठकमा दलको नेता चयन प्रक्रिया निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठेको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेता चयन गर्दा बढी पारदर्शी र लोकतान्त्रिक हुने धारणा राखेका हुन्।
बैठकमा सहभागी एक सांसदका अनुसार नेम्वाङले दलभित्र विधि र प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताउँदै निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्नु उपयुक्त हुने तर्क अघि सारे।
उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा जारी बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ।































प्रतिक्रिया