अन्तरराष्ट्रिय सम्मेलनका लागि प्रदेश र स्थानीय तहसँग छलफल

अन्तरराष्ट्रिय सम्मेलनका लागि प्रदेश र स्थानीय तहसँग छलफल

केन्द्रबिन्दु
0
Shares

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले आगामी वैशाख ११ देखि १३ गतेसम्म हुने अन्तरराष्ट्रिय सम्मेलन २०२६ को तयारीका लागि प्रदेश सरकार र स्थानीय तहसँग छलफल गरेको छ।

विश्वविद्यालयको टोलीले कर्णाली प्रदेशका मन्त्री विनोदकुमार शाह र वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालसँग भेटेर सम्मेलन सफल बनाउन सहकार्यका विषयमा कुरा गरेको हो।

छलफलमा सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। विश्वविद्यालयका प्रतिनिधिहरूले सम्मेलनले क्षेत्रको विकास र अन्तरराष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिने बताएका छन्।

प्रदेश सरकार र नगरपालिकाले पनि सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै विश्वविद्यालय टोलीले सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश प्रतिनिधिसँग पनि सहकार्यका लागि छलफल गरेको छ।

Logo