इरान युद्ध अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

इरान युद्ध अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानविरुद्धको सैन्य कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा ट्रम्पले इरानको सैन्य संरचना गम्भीर रूपमा कमजोर भएको, नौसेना लगभग समाप्त भएको र वायुसेना क्षतिग्रस्त अवस्थामा पुगेको बताएका छन्। साथै, शीर्ष कमाण्डरहरूको मृत्यु र मिसाइल तथा ड्रोन क्षमतामा गिरावट आएको उनले दाबी गरे।

उनले सन् २०२५ को ‘अपरेशन मिडनाइट ह्यामर’ मार्फत इरानका आणविक केन्द्रहरू ध्वस्त पारिएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आणविक सम्झौतालाई गलत निर्णयको रूपमा चित्रण गरे।

ट्रम्पले इजरायल र खाडी मुलुकहरूलाई निरन्तर समर्थन रहने बताउँदै हर्मुज जलसन्धिको सुरक्षामा सहयोगी देशहरू सक्रिय हुनुपर्ने धारणा राखे। साथै, अमेरिका अब मध्यपूर्वको तेल र सुरक्षामा पहिलेझैं निर्भर नरहेको संकेत पनि गरे।

आर्थिक पक्षमा उनले इन्धन मूल्य वृद्धिको जिम्मा इरानलाई दिए भने नासाको ‘आर्टेमिस–२’ मिसनको सफलताप्रति पनि प्रशंसा व्यक्त गरे।

यता, ट्रम्पका दाबीप्रति अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठेका छन्। विश्लेषकहरूले युद्धको वास्तविक अवस्था र यसको प्रभावबारे फरक मत राख्दै क्षेत्रमा अझै अस्थिरता कायम रहेको बताएका छन्।

Skip This
Skip This
Logo