काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन्।
बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले राजीनामा पत्र बुझाएको पार्टी स्रोतले जनाएको छ। यद्यपि उनको राजीनामा हालसम्म स्वीकृत भइसकेको छैन।
पार्टी स्रोतका अनुसार किरातीले अध्यक्ष परिषद्को सदस्य पदबाट अलग हुने निर्णय गरेका हुन्। उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्र छोडेर अन्य दलसँगको एकतापछि प्रलोपामा आबद्ध भएका थिए।
राजीनामापछि पार्टीभित्र उनको भूमिका र आगामी राजनीतिक यात्राबारे चर्चा सुरु भएको छ।































प्रतिक्रिया