महिलालाई घरेलु कामदारमा पठाउनेबारे श्रम सम्झौता हुने

महिलालाई घरेलु कामदारमा पठाउनेबारे श्रम सम्झौता हुने

केन्द्रबिन्दु
0
Shares

महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स (युएई) सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ ।

यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार पठाउनेबारे उल्लेख नभएका कारण नयाँ श्रम सम्झौता गर्न थालिएको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार तथा श्रम सहचारी शाखाका प्रमुख शिवराम पोखरेलले बताए ।

पछिल्लो समय खाडी मुलुकबाट महिला घरेलु कामदारको माग अधिक आउने गरे पनि पठाउन रोक लगाइएको हुँदा कयौं महिला अवैध बाटो हुँदै खाडी जाने क्रम बढेको छ ।

यसैबीच, मन्त्रालयले महिलालाई घरेलु कामदारको रुपमा पठाउन सकिने गरी श्रम सम्झौता संशोधन गर्न लागेको हो । नागरिक दैनिक

Skip This
Skip This
Logo