काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी रहेको छ। बैठकमा आजबाट सुरु हुन लागेको संसद् अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिबारे छलफल भइरहेको छ।
बैठकमा सांसद नरहेकी उपसभापति पुष्पा भुसाल र हालैको निर्वाचनमा पराजित महामन्त्री प्रदीप पौडेल पनि सहभागी भएका छन्। उनीहरूको उपस्थितिले बैठकलाई थप राजनीतिक रूपमा चासोको विषय बनाएको छ।
पार्टीले संसद् अधिवेशनमा अपनाउने रणनीति, जनसरोकारका मुद्दा र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ।































प्रतिक्रिया