ओली र लेखकलाई आजै रिहाइ गर्न एमालेको माग

ओली र लेखकलाई आजै रिहाइ गर्न एमालेको माग

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आजै रिहाइ गर्न माग गरेको छ।

प्रतिनिधिसभा पहिलो बैठकमै विरोध जनाउँदै उठेका एमाले सांसद गुरु बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन् । उनले भने, ‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं ।’

त्यसअघि उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ । यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’

Skip This
Skip This
Logo