जातीयताविरुद्ध माओवादीले बोल्न सिकाएको हो : वर्षमान पुन

जातीयताविरुद्ध माओवादीले बोल्न सिकाएको हो : वर्षमान पुन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेकपाका नेता तथा सांसद वर्षमान पुनले जातीय विभेदविरुद्धको चेतना र संघर्षमा माओवादी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले अहिलेको राजनीतिक व्यवस्थाले विविधता र समावेशिता झल्काउने “इन्द्रधनुषी संसद” दिएको उल्लेख गरे। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आलोचनात्मक प्रतिपक्षको भूमिकामा रहने तर रचनात्मक काममा सरकारलाई सहयोग गर्ने बताए।

पुनले व्यवस्था परिवर्तनपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

Logo