धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा जुटेको छ ।
प्रदेश सरकारले करिब ३० देखि ३१ अर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक अनुमान गरेको छ । अहिले स्रोत अनुमान समितिमार्फत बजेटको आकार र स्रोतबारे छलफल भइरहेको छ ।
सूचना अधिकारी अर्जुन खड्काका अनुसार संघीय अनुदान, आन्तरिक स्रोत र वित्तीय हस्तान्तरणका आधारमा बजेटको अन्तिम आकार तय हुनेछ ।
चालु आर्थिक वर्षमा प्रदेशको बजेट खर्च कमजोर देखिएको छ । फागुन मसान्तसम्म कुल बजेटको करिब १७ प्रतिशत मात्र खर्च भएको छ भने पुँजीगत खर्च १० प्रतिशतभन्दा कम रहेको छ ।
सरकारले खर्च न्यून हुनुमा राजनीतिक अस्थिरता, आन्दोलन र निर्वाचन आचारसंहितालाई प्रमुख कारण जनाएको छ । बाँकी महिनामा विकास योजनाको कार्यान्वयन तीव्र पार्दै उल्लेख्य प्रगति गर्ने सरकारको लक्ष्य छ ।































प्रतिक्रिया