निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा को-को ?

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा को-को ?

केन्द्रबिन्दु
231
Shares

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको  अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। 

निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे लामा प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी पाण्डे प्यानलका बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।

यसै गरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह(कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन्।

निर्वाचित अध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक  हुन्। युवा उद्यमीका रूपमा चिनिएका उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेका छोरा  हुन्।

Skip This
Skip This
Logo