परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले आज बिहान काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित ऐतिहासिक मनमैजु मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।

मन्दिर पुगेका मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमै बसेर पूजा गरेका थिए। स्थानीयहरूले उनको यस सामान्य व्यवहारलाई सकारात्मक रूपमा लिएका छन्।

धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको मनमैजु क्षेत्रमा नेवार समुदायको बाक्लो बसोबास छ। यहाँ प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा पाँच दिन लामो जात्रा आयोजना गरिन्छ।

जात्रामा पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन भोजसहित विश्राम र पाँचौँ दिन देवता विसर्जन तथा लिङ्गो ढाल्ने परम्परा रहेको स्थानीयहरूले बताएका छन्।

Logo