काठमाडौँ । जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बल प्रयोग वा गोली चलाउने आदेश नदिएको बताएका छन् ।
अस्पतालमै लिइएको बयानमा ओलीले हुलदङ्गा नियन्त्रणमा हुने निर्णय जिल्ला तहबाटै हुने दाबी गरेका छन् । उनका अनुसार प्रधानमन्त्रीको भूमिका शान्ति सुरक्षा कायम गर्न निर्देशन दिने मात्र हो, बल प्रयोगको निर्णय प्रत्यक्ष रूपमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन ।
ओलीले आन्दोलनअघि सुरक्षा निकायबाट शान्तिपूर्ण प्रदर्शन हुने जानकारी पाएको पनि उल्लेख गरेका छन् । घटनापछि सरकारले छानबिन आयोग गठन, घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको उनले बताएका छन् ।
अनुसन्धान अधिकृतहरूले ओलीसँग विस्तृत सोधपुछ गरेका छन् भने बयान प्रक्रिया पूरा भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।































प्रतिक्रिया