काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ।
श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी हुन्। हेमराज ढकाल समूहको एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेदवार बनेकी श्रेष्ठ महासंघमा हाल एसोसिएट उपाध्यक्ष हुन । उनी सोही पद उम्मेदवार बनेकी हुन ।
श्रेष्ठले नेपाल रत्न तथा आभूषण महासङ्घको अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य महासङ्घको प्रवेश गरेकी हुन । उनी नेपाल उद्योग वाणिज्य महासङ्घमा रोजगारदाता परिषद्को सभापति समेत छिन् ।
उनले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमल्सिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल) , शैलेन्द्र गुरागाईँ र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएको दर्ता गराएका हुन्।
महासङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचन हुँदै छ ।





























प्रतिक्रिया