काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा उपसभामुखमा ‘७ भोट आउँछ कि १८९?’ भोट भन्दै कटाक्ष गरेका छन् । साम्पाङले महिला उम्मेदवार खडा गर्ने संकेत गर्दै ‘अब हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई’ भन्ने प्रश्न उठाएका छन्। उनले ‘७ भोट आउँछ कि १८९?’ भन्ने अभिव्यक्तिमार्फत संसदमा रहेका शक्ति सन्तुलनप्रति व्यंग्य गरेका छन्।
सभामुख निर्विरोध चयन भइसकेपछि अब उपसभामुख चयन प्रक्रियालाई लिएर राजनीतिक बहस सुरु भएको छ। आज उपसभामुखको निर्वाचन हुँदैछ । उनको यो टिप्पणीले संसदभित्र नयाँ राजनीतिक धार र पुराना दलबीचको दूरीलाई उजागर गरेको गरेको छ ।






























प्रतिक्रिया