‘मलाई देखाएर गगन माथि प्रहार भयो’-अर्जुननरसिंह केसी

‘मलाई देखाएर गगन माथि प्रहार भयो’-अर्जुननरसिंह केसी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफूलाई पारिवारिक सम्बन्धको आधारमा राजनीतिक प्रहार गर्न प्रयोग गरिएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले पार्टीभित्र आफूलाई ‘गगन थापाको ससुरा’ भनेर मात्र चित्रण गर्दै सभापति गगनकुमार थापामाथि प्रहार गर्ने प्रयास भएको बताएका छन्।

उनका अनुसार आफ्नो लामो राजनीतिक योगदानलाई बेवास्ता गरी पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर टिप्पणी गर्नु गलत हो। आफूलाई राजनीतिक रूपमा प्रयोग गरिएको उनको आरोप छ।

केसीले आफ्नो राजनीतिक यात्रा, जेल जीवनदेखि लोकतन्त्र स्थापनासम्मको योगदान स्मरण गर्दै त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको दाबी गरे।

उनले कांग्रेसभित्रैबाट आफ्नो पहिचान सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।

साथै, आफू पुस्तान्तरण र रूपान्तरणको पक्षमा रहेको उल्लेख गर्दै विशेष महाधिवेशनको पक्षमा उभिनु पनि त्यसैको हिस्सा भएको स्पष्ट पारेका छन्।

Skip This
Skip This
Logo