१ सय ९० देशका प्रहरीको ‘मोस्ट वाण्टेड’ लिस्टमा नवराज सिलवाल

१ सय ९० देशका प्रहरीको ‘मोस्ट वाण्टेड’ लिस्टमा नवराज सिलवाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नवराज सिलवालको खोजी कार्य प्रहरीले तिव्र बनाएको छ । सिलवाललाई खोज्न आइतबार १ सय ६५ जना प्रहरीकोको टोली ललितपुरको भट्टेडाडामा पुगेपनि भेटेको थिएन ।

नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका सिलवाललाई नभेटे पछि नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको बताइएको छ ।

नेपाल प्रहरीको मुभमेन्ट सबै बुझेका सिलवालले इन्टरपोलमा नोटिस जारी हुने संकेत पाएलगत्तै सामाजिक सञ्जाल चलाउन छाडेका छन् भने भाइबरसमेत निश्क्रिय बनाइसकेका छन्। इन्टरपोलमा १ सय ९० देशको सुरक्षा निकाय जोडिएको छ ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन् ।

प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो।

गत बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल नेपालमा नरहेको भन्दै अपराध अनुसन्धान विभागलाई लिखित जानकारी गराएको थियो ।

Skip This
Skip This
Logo