एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटमपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न चेतावनी दिँदै “अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर परिणाम भोग्नुपर्नेछ” भनेका थिए ।
यसको जवाफमा इरानको खातम अल–अनबिया सेन्ट्रल हेडक्वार्टरले आक्रामक चेतावनी जारी गरेको छ । कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा इजरायलसँग सम्बन्धित संरचना र क्षेत्रीय पूर्वाधारलाई लक्षित गर्दै कडा प्रतिकार गर्ने बताएका छन् ।
उनले भनेका छन्, “यदि आक्रमण भयो भने हामीले भनेका सबै कुरा कार्यान्वयन गर्नेछौँ। यसको अर्थ स्पष्ट छ– तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ।”
त्यसैगरी, मुख्यालयका प्रवक्ता कर्नल इब्राहिम जुल्फकारीले पनि भिडियो सन्देशमार्फत चेतावनी दिँदै तनाव बढेमा सम्पूर्ण मध्यपूर्व क्षेत्र अस्थिर बन्न सक्ने बताएका छन् । उनले इरानलाई कमजोर ठान्ने कुरा ठूलो भूल हुने चेतावनी समेत दिएका छन् ।
यस घटनाले अमेरिका–इरानबीचको तनाव झन् चर्किने संकेत देखिएको छ भने मध्यपूर्व क्षेत्रमा सुरक्षा जोखिम थप बढ्ने विश्लेषण गरिएको छ ।































प्रतिक्रिया