भक्तपुरबाट ६० जना पक्राउ

भक्तपुरबाट ६० जना पक्राउ

केन्द्रबिन्दु
1.74k
Shares

भक्तपुर। सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार ठिमी, जगातेसहित जिल्लाका विभिन्न स्थानमा एकैसाथ परिचालन गरिएको अप्रेसनमा शङ्कास्पद गतिविधि, होहल्ला, लागूपदार्थ सेवन तथा समूहमा बसेर सार्वजनिक शान्ति भङ्ग गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

आगामी बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको र सोहीअनुसार रातभर विशेष निगरानीसहित अप्रेसन सञ्चालन गरिएको बताइएको छ ।

Logo