चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु, सहचालक नियन्त्रणमा

चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु, सहचालक नियन्त्रणमा

केन्द्रबिन्दु
162
Shares

चितवन। भरतपुरमा बसको ठक्करबाट एक १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन सडकछेउ बस्दै आएका इरेस घोस रहेका छन् ।

नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस पार्किङका लागि पछाडि सार्ने क्रममा सहचालकले नियन्त्रण गर्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि बस र सहचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo