लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, दुई विधेयक टेबल हुने

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, दुई विधेयक टेबल हुने

केन्द्रबिन्दु
9
Shares

घोराही। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सभामा पेस गर्नेछन् ।

त्यसैगरी मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।

Logo