वाटरफ्रन्ट होटलका सञ्चालक शाक्यको प्रश्न- अधिग्रहण विना डोजर चलाउन मिल्छ ?

वाटरफ्रन्ट होटलका सञ्चालक शाक्यको प्रश्न- अधिग्रहण विना डोजर चलाउन मिल्छ ?

केन्द्रबिन्दु
36
Shares

पोखरा। पोखराको फेवाताल किनार क्षेत्रमा रहेको वाटरफ्रन्ट होटलको प्राङ्गणमा महानगरपालिकाले डोजर चलाएपछि पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले कडा आपत्ति जनाएका छन् ।

फेवाताल अतिक्रमणको आरोप लाग्दै आएको उक्त संरचनामाथि पूर्वसूचना बिनानै डोजर चलाइएको भन्दै शाक्यले यसलाई “विश्वास, सङ्घर्ष र आस्थामाथिको आक्रमण” भनेका छन् ।

उनका अनुसार होटल सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको छ । “लालपुर्जा, नक्सा पास, पर्यटन विभागको लाइसेन्स, उद्योग विभागको प्रमाणपत्र र राष्ट्र बैंकको इजाजतपत्र सबै छन्,” शाक्यले भनेका छन् ।

शाक्यले होटल फेवातालको मापदण्डअनुसार ६५ मिटर टाढा रहेको दाबी गर्दै अन्य धेरै संरचना पनि सोही क्षेत्रमा रहेको उल्लेख गरेका छन् । उनले उचित मुआब्जा र विधिवत् अधिग्रहणबिनै संरचना भत्काउन नमिल्ने प्रश्न समेत उठाएका छन् ।

महानगरपालिकाले भने फेवाताल संरक्षण र मापदण्ड कार्यान्वयनका क्रममा अनियमित संरचनामाथि कारबाही अघि बढाइएको बताउँदै आएको छ ।

यस घटनाले पोखराको पर्यटन व्यवसाय, संरचना मापदण्ड र ताल संरक्षणबीचको बहस पुनः चर्किएको छ ।

Logo