ओली-लेखकको रिटमाथि सर्वोच्चमा आज सुनुवाई हुँदै

ओली-लेखकको रिटमाथि सर्वोच्चमा आज सुनुवाई हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा दुवै जनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुने छ ।

जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार चैत १४ गते दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै चैत १५ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो । त्यसपछि चैत १६ गतेको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । ओली महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचाररत रहेका छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन् ।

Skip This
Skip This
Logo