गुल्मीमा स्वास्थ्य शिविर, १३०० बढीले सेवा लिए

गुल्मीमा स्वास्थ्य शिविर, १३०० बढीले सेवा लिए

केन्द्रबिन्दु
21
Shares

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ३०० जनाले सेवा लिएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना र वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १३८ जनाले भिडियो एक्सरे र १०५ जनाले इसिजी गराएका छन् । मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, मुटु, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा, नाक, कान र घाँटीसम्बन्धी रोगको जाँच तथा उपचार सेवा दिइएको थियो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेकाले यस्ता शिविरले स्थानीयलाई राहत पुगेको आयोजकले जनाएको छ । गाउँमै विशेषज्ञ सेवा पाउँदा समय र खर्च बचत भएको स्थानीयले बताएका छन् ।

Logo