काठमाडौं । सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालय समयमा फेरबदल गरेको छ।
आज बसेकाे मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा बाहेकका दिनहरूमा कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार अब सबै सरकारी कार्यालयहरू बिहान ९:०० बजे खुल्नेछन् भने बेलुका ५:०० बजे बन्द हुनेछन्। यसअघि सामान्यतया बिहान १० बजेदेखि ५ बजेसम्मको समय कायम रहँदै आएको थियो।
“सरकारी सेवालाई चुस्त बनाउन र नागरिकको सहजताका लागि कार्यालय समयमा एक घण्टा अगाडि थप गरिएको हो,” सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए।































प्रतिक्रिया