काठमाडौं । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको महान्यायाधिवक्तामा सविता भण्डारी थिइन् ।































प्रतिक्रिया