नवनिर्वाचित सभामुख डीपी अर्यालले गरे पदबहाली

नवनिर्वाचित सभामुख डीपी अर्यालले गरे पदबहाली

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै अर्यालले पद बहाली गरेका हुन् ।

अर्याल आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। यो झन्डै दुई–तिहाइ हो। कमजोर हैसियतमा रहेका प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख पदमा पुग्ने बाटो खुलेको थियो।।

संसदका पछिल्ला कार्यकालमा पनि सभामुख निर्विरोध नै चुनिँदै आएका छन्।

Logo