काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न अदालतले थप ७ दिनको म्याद दिएको छ ।
चैत १५ गते प्रक्राउ परेका खड्कामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि पनि ७ दिन म्याद दिएको काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आज थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
भदौ २४ गते भएको आन्दोलनको क्रममा उनको घरमा आगजनी भएको थियो। आगजनी गर्दा प्रदर्शनकारीले उनको घरबाट नगद फ्याँकेको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले उनको घरबाट जलेको नोटको मुचुल्का समेत उठाएको थियो। अहिले त्यही घटनासँग सम्बन्धित भएर सिआइबीले अनुसन्धान अघि बढाएको हो।































प्रतिक्रिया