ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ।

आइतबारको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सकिएको थियो। आजको बहस महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले गर्नेछन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका क्रममा गठन भएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि चैत १४ गते दुवैलाई पक्राउ गरिएको थियो। त्यसपछि उनीहरूका तर्फबाट छुट्टाछुट्टै निवेदन दर्ता गर्दै बन्दीप्रत्यक्षीकरणको माग गरिएको हो। अब सर्वोच्चले सरकारी पक्षको बहसपछि अन्तिम निर्णयतर्फ प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo