काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले गृह मन्त्री सुदन गुरुङलाई सामाजिक सञ्जाल मार्फत खुला पत्र लेख्दै ३ सिधा प्रश्न उठाएका छन्।
उनले गृह मन्त्रालयले जेनजी आन्दोलनको २३ गतेका घटनामा गरेको कारबाहीलाई धन्यवाद दिँदै २४ गतेका घटनाका दोषीहरूलाई पनि छानबिन गर्न माग गरेका छन्। साम्पाङले जीबी राईलाई पक्राउ गरी रवि लामिछाने प्रकरणमा न्याय दिनुपर्ने पनि बताएका छन्।
त्यस्तै, पोखराको फेवाताल क्षेत्रमा आफ्नो नाममा २० रोपनी जग्गा रहेको भन्ने सामाजिक सञ्जालको हल्लाबारे स्पष्ट जवाफ दिन उनले आग्रह गरेका छन्। उनले कामको समर्थन भए पनि प्रश्न सोध्ने आफ्नो अधिकार र जिम्मेवारी रहेको भन्दै जवाफ चाहिन्छ भनेका छन्।
































प्रतिक्रिया