उपल्लो मुस्ताङमा हिमचितुवा आतंक : २१ भेडाच्याङ्ग्रा मरे

उपल्लो मुस्ताङमा हिमचितुवा आतंक : २१ भेडाच्याङ्ग्रा मरे

केन्द्रबिन्दु
51
Shares

मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने ७ वटा घाइते भएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एक्याप_ लोमान्थाङका अनुसार शनिबार राति स्थानीय पशुपालक घ्याचो गुरुङको खोरमा हिमचितुवाले आक्रमण गरेको हो। खोरमा रहेका ३१५ भेडा–च्याङ्ग्रामध्ये १० च्याङ्ग्रा र ११ भेडा मरेका छन्।

आक्रमणपछि आइतबार बिहान एक्याप, जिल्ला प्रहरी कार्यालय र पशु प्राविधिकको टोली घटनास्थल पुगेको थियो। ग्याबिन तारले घेरिएको खोरभित्रै पसेर हिमचितुवाले आक्रमण गरेको जनाइएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसअघि पनि फागुन ११ मा लोमान्थाङ–४ किम्लिङ र मार्फा क्षेत्रमा हिमचितुवाको आक्रमणबाट दर्जनौं च्याङ्ग्रा मरेका थिए।

पछिल्लो समय मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको छ। चरन क्षेत्र घट्दै जाँदा र आहारा प्रजाति तल झर्दा हिमचितुवा बस्ती नजिक आउने गरेको विज्ञहरूको भनाइ छ।

Skip This
Skip This
Logo