काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारलाई लक्ष्य गर्दै आक्रामक टिप्पणी गरेका छन्। उनले नयाँ भन्दै आएको नेतृत्व पनि व्यवहारमा पुरानै जस्तो देखिएको भन्दै असन्तुष्टि पोखेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-“पहिलेका मन्त्रीले फोन उठाउँदैनथे, अहिलेका पनि उस्तै छन्, पहिले विदेशी ऋण लिएर मोज गर्थे, अहिलेका पनि त्यही बाटोमा छन्” भन्दै सरकारको काम शैली माथि कडा प्रश्न उठाए।
जेन–जेड आन्दोलनपछि बनेको भनिएको सरकारमाथि उनले सीधा प्रश्न गरेका छन्-“खोइ त परिवर्तन? यही हो नयाँ सरकार ?”
साम्पाङको यो अभिव्यक्तिले ‘नयाँ’ भनिएको सरकारप्रति बढ्दो असन्तुष्टि र अविश्वासलाई सतहमा ल्याएको छ।
































प्रतिक्रिया