ओली–लेखकको रिटमा सार्वेच्चमा सुनुवाइ जारी

ओली–लेखकको रिटमा सार्वेच्चमा सुनुवाइ जारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ जारी रहेको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि बहस जारी राखिएको हो।

जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनपछि बनेको आयोगले दुवै नेतामाथि अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरू पक्राउ परेका थिए। त्यसविरुद्ध परिवारका सदस्यले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अब अदालतको निर्णयले यो मुद्दाले राजनीतिक र कानुनी दुवै तहमा कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।

Skip This
Skip This
Logo