काठमाडौं । सामाजिक सञ्जालमा अपशब्द लेख्नु एक युवालाई महँगो परेको छ। २० वर्षीया अमिशा पराजुलीमाथि अपमानजनक टिप्पणी गर्ने रौतहटका एक युवक पक्राउ परेका छन्।
साइबर ब्यूरोका अनुसार गुजरा नगरपालिका–२ का २४ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन्। उनले अनलाइनमा अपशब्द लेखेको स्वीकार गरेपछि पक्राउ गरिएको जनाइएको छ।
अमिशाले सरकारको विरोधमा बोलेको भिडियो सार्वजनिक भएपछि उनीमाथि सामाजिक सञ्जालमा गाली, धम्की र अपमानजनक टिप्पणी बढेको थियो। त्यसपछि उनले डिजिटल यौनहिंसाको उजुरी दिएकी थिइन्।
प्रहरीले यस्ता गतिविधिमा संलग्न अरूको पनि खोजी भइरहेको जनाएको छ।





























प्रतिक्रिया