इरान-अमेरिका तनावः युद्धविराम प्रस्तावमै अड्चन

इरान-अमेरिका तनावः युद्धविराम प्रस्तावमै अड्चन

केन्द्रबिन्दु
27
Shares

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच ४५ दिने युद्धविराम प्रस्तावबारे अमेरिका पक्षले अध्ययन गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त प्रस्तावलाई “महत्वपूर्ण तर पर्याप्त नभएको” टिप्पणी गरेका छन् ।

ट्रम्पका अनुसार अहिले विभिन्न मध्यस्थकर्तामार्फत युद्ध रोक्ने प्रयास भइरहे पनि सहमति टाढै देखिएको छ । कूटनीतिक तहमा संवाद जारी रहे पनि स्पष्ट निष्कर्ष नआइसकेको उनले संकेत दिएका छन् ।

यता इरानले भने प्रस्तावित युद्धविराम अस्वीकार गरेको छ । सरकारी समाचार एजेन्सी आइआरएनएको उल्लेख गर्दै इरानले अमेरिका र इजरायलसँगको अवस्थाबारे नरम नहुने सन्देश दिएको जनाइएको छ ।

यसले देखाउँछ-दुवै पक्षबीच अविश्वास अझै गहिरो छ र तत्काल युद्धविराम हुने सम्भावना कमजोर देखिएको छ । अहिलेको अवस्था हेर्दा वार्ताको ढोका खुले पनि समाधान अझै जटिल मोडमै रहेको बुझिन्छ ।

Skip This
Skip This
Logo