काठमाडौं। सरकारले विदेशस्थित कूटनीतिक नियोगहरूमा ठूलो फेरबदल गर्दै ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक नियुक्तिबाट गएका राजदूतलाई फिर्ता ल्याउने निर्णय गरेको हो ।
फिर्ता बोलाइने राजदूतहरूमा भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।
सरकार परिवर्तनसँगै अघिल्लो कार्यकालमा नियुक्त भएका राजदूतलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै यो कदम चालिएको बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता हुने राजदूतलाई निश्चित समयसीमाभित्र जिम्मेवारी हस्तान्तरण गरी स्वदेश फर्कन भनिनेछ ।
रिक्त हुने कूटनीतिक पदहरूमा नयाँ नियुक्तिको प्रक्रिया पनि छिट्टै अगाडि बढाइने संकेत सरकारले दिएको छ । यस निर्णयलाई सरकारले आफ्नो कूटनीतिक टिम पुनर्संरचना गर्ने प्रयासका रूपमा हेरिएको छ ।





























प्रतिक्रिया