पोल्ट्री क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको कार्यसमिति सदस्यमामा रविन पुरीको दाबेदारी

पोल्ट्री क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको कार्यसमिति सदस्यमामा रविन पुरीको दाबेदारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी चैत २९ र ३० गते हुने निर्वाचनका लागि वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले उम्मेदवारी दिएका छन्।

पोल्ट्री तथा दाना उत्पादन क्षेत्रको प्रतिनिधित्व गर्दै पुरीले वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेको प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

को हुन् रविन पुरी ?

पुरी नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष हुन्। उनी दुई वर्षअघि संघको २१औं साधारणसभाबाट निर्विरोध अध्यक्ष निर्वाचित भएका थिए। महासंघको अघिल्लो कार्यकालमा पनि वस्तुगत सदस्य पदमा निर्वाचित भइसकेका पुरी एक अनुभवी व्यवसायी र कुशल संगठकका रूपमा परिचित छन्।

हाल उनी महासंघको कार्यसमितिमा वस्तुगत प्रतिनिधिकै रूपमा सक्रिय रहँदै आएका छन्।

पुरी पोल्ट्री फिड (दाना) उद्योगका स्थापित उद्यमी हुन्। उनको नेतृत्वमा नेपाल दाना उद्योग संघले पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर बनाउन, मकै तथा भटमासको पिना जस्ता कच्चा पदार्थको आयात प्रतिस्थापन गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन नीतिगत पैरवी गर्दै आएको छ। उनले विशेषगरी सीमा क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रण, ‘स्वीट कर्न’ जस्ता बालीको स्वदेशी उत्पादनमा वृद्धि र ‘राइट टु प्रोटिन’ अभियानलाई सफल बनाउन सरकारसँग निरन्तर समन्वय गर्दै आएका छन्।

महासंघको वस्तुगत परिषद्मा लामो समयको अनुभव सँगालेका पुरीले निजी क्षेत्रका समस्यालाई केन्द्रीय नेतृत्व र सरकारी निकायसम्म पुर्‍याई समाधान खोज्न प्रभावकारी भूमिका खेल्दै आएका छन्। उनको उम्मेदवारीले पोल्ट्री र दाना उद्योगका व्यवसायीहरूमा उत्साह थपेको बताइएको छ।

Logo