काठमाडौं
कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । "/>

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ । प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् । कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकता अनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् ।

प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ । नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

यसै विच सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलन अनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिक तर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालि सकेको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo