जबरजस्ती करणी आरोपमा कैलालीमा युवक पक्राउ, अनुसन्धान जारी

जबरजस्ती करणी आरोपमा कैलालीमा युवक पक्राउ, अनुसन्धान जारी

केन्द्रबिन्दु
1.69k
Shares

धनगढी। कैलालीमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २७ वर्षीया महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले मंगलबार बेलुकी उनलाई नियन्त्रणमा लिएको हो।

घटनापछि पीडितको उजुरीका आधारमा तत्काल कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

Logo