ललितपुर। ललितपुरको पाटनमा सामान्य फोन विवादले भयावह रूप लिँदा दुई दाजुभाइको ज्यान गएको छ।
बुधबार साँझ सुरु भएको सामान्य भनाभन अन्ततः चक्कु प्रहारसम्म पुगेको हो। अपरिचित व्यक्तिबीच फोनमा भएको विवादपछि एक पक्षले भेट्न बोलाएपछि इमाडोलबाट पाटन पुगेका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
आक्रमण गर्ने सञ्जीव नेपालीले मासु पसलमा प्रयोग हुने धारिलो हतियारले प्रहार गर्दा दुवै गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल बीएन्डबी अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो।
घटनापछि भाग्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।































प्रतिक्रिया