काठमाडौं । यही शुक्रबार हुने प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् ।
राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् ।
यता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ । उनको प्रस्तावक पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन् ।































प्रतिक्रिया