काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पूर्वसभामुख महरा र सहसचिव अरुण पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेकपाका नेतासमेत रहेका महरामाथि चिनियाँ तस्कर समूहसँग मिलेर भेपमार्फत भएको सुन तस्करीमा सहयोग गरेको आरोप छ। तस्करीमा संलग्न चिनियाँ गिरोहले २०७९ पुस १० गते दुबईबाट भेपको आवरणमा भित्र्याएको ९ केजी सुनको सेटिङ बाहिरिएपछि तस्करीको नयाँ धन्दाबारे खुलेको थियो । तस्करले ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए ।































प्रतिक्रिया