कञ्चनपुर। लालझाँडी गाउँपालिकामा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा २२३ जनामा सिकलसेल एनिमिया–थालसेमियाको ट्रेट (वाहक अवस्था) देखिएको छ। एक सातासम्म चलेको स्क्रिनिङ शिविरमा २ हजार ६४७ जनाको रगत परीक्षण गर्दा १४८ महिला र ७५ पुरुषमा ट्रेट पुष्टि भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार पोजेटिभ देखिएकाहरूको थप परीक्षणका लागि नमुना प्रादेशिक प्रयोगशालामा पठाइएको छ।यो रोग विशेष गरी थारू समुदायमा बढी देखिने आनुवंशिक समस्या हो। ट्रेट भएका महिला र पुरुषबीच विवाह भएमा जन्मिने बच्चामा २५ प्रतिशतसम्म सिकलसेल रोग देखिन सक्ने जोखिम रहने चिकित्सकहरू बताउँछन्।
सिकलसेल रोग लागेमा थकान, श्वासप्रश्वासमा समस्या, शरीर दुख्ने, ज्वरो, बान्ता लगायतका लक्षण देखिन सक्छन्।































प्रतिक्रिया