घोरेपानी–पुनहिल पदमार्गमा फूलेका लालिगुराँस [फोटो फिचर]

घोरेपानी–पुनहिल पदमार्गमा फूलेका लालिगुराँस [फोटो फिचर]

केन्द्रबिन्दु
24
Shares

(तस्वीर :दिपक आचार्य (आकाश ) जलजला, पर्वत)

काठमाडौं। अन्नपूर्ण क्षेत्रको प्रसिद्ध घोरेपानी–पुनहिल पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । यहाँ ढकमक्क फूल्ने थरीथरीका गुराँसले पर्यटकहरु लोभिने गरेका छन् ।

समुद्री सतहबाट करिब ३,२१० मिटर उचाइमा रहेको पुनहिलबाट देखिने सूर्योदय र अन्नपूर्ण तथा धौलागिरि हिमश्रृंखलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

वसन्त र शरद ऋतुमा विशेषगरी यहाँ पर्यटकको भीड लाग्ने गर्छ । घोरेपानी हुँदै पुनहिल पुग्ने पदमार्ग गुराँसका जंगल, हरियाली डाँडाकाँडा र मौलिक गाउँ संस्कृतिले भरिएको छ । वसन्त याममा फुल्ने राताम्य गुराँसले पदयात्रालाई अझ रमणीय बनाउने गरेको छ ।

स्थानीय होटल तथा होमस्टे व्यवसायीका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । सहज पदमार्ग, छोटो दूरी र आकर्षक दृश्यका कारण यो पदमार्ग छोटो ट्रेकका लागि उपयुक्त मानिन्छ ।

पदमार्ग क्षेत्रमा पूर्वाधार सुधार, पदमार्ग संकेत, बासस्थान र खानपान सेवामा सुधार भएसँगै पर्यटकको बसाइ अवधि समेत बढ्दै गएको छ ।

पर्यटन व्यवसायीहरूले घोरेपानी–पुनहिललाई नेपालको छोटो तर अत्यन्त आकर्षक पदयात्रा गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएका छन्।

Logo