संसारमा भएका धेरै रहस्य विज्ञानले खोतलि सकेको छ । अझै पनि कति रहस्यहरु रहेका छन् जसमा विज्ञान पनि अनभिज्ञ रहेको छ । विज्ञानले पनि पुष्टि गर्न नसकेका केही रहस्यहरु
नो रिर्टन आइल्यान्ड
केन्याको रुडोल्फ नजिकै बनेको आइल्याण्ड इन्भोइटेन्ट भनिन्छ, यसको अर्थ हो नो रिर्टन । यस आइल्याण्डमा कोहि पनि बस्दैनन् । यसको अनौठो कथा छ । बर्षौ अघि यहाँ मानिसहरु बस्थे, तर उनीहरु अचानक गायब भए । उनीहरुलाई खोज्न गएका ब्यक्तिहरु पनि गायब भए । अहिले पनि यहाँ जो जान्छ, ऊ फर्केर आउँदैन ।
२ सय ५६ बर्षका व्यक्ति
चीनका एक व्यक्तिले एक सय बर्ष होइन, दुई सय बर्ष होइन, अढाई सय बर्षको आयु पाएका थिए । उनी खासमा आर्युवेदका ज्ञाता थिए । लि क्विज्युंग नामको तइ व्यक्तिले २४ जनासँग बिहे गरेका थिए । उनको उमेर अहिलेसम्म पनि रहस्यमय मानिन्छ ।
लोच नेस मोन्सटर 
२ सय मिटर गहिराइ भएको स्कटल्यान्डमा एउटा ताल रहेको छ । सन् १९३४ को अप्रिलमा लण्डनका एक चिकित्सकले यो तालमा लोच नेस मोन्सटरको फोटो खिच्न भ्याए । यो फोटो प्रकाशित भएपछि यो तालमा यो मोनस्टारको खोजी अझैं पनि भैरहेको छ । तर यो फोटो पछि यो जीवलाई अझै सम्म पनि सकैले देख्न सकेको छैन ।
डेथ हाइवे
अमेरिकाको इडाहोको १४ दशमलव ५ किलोमिटरको यो हाइवे इडाहो डेभिल ट्रयांगल उपनामले परिचित रहेको छ । यो हाईवेमा सामान्य रुपमा चलेको गाडी पनि यहाँ पुगेपछि हावामा उचालिन्छ र जमिनमा थेचारिन्छ । यसरी कति पटक गंभिर दुर्घटना भएको छ । तर, यसको रहस्य भने अझै पत्ता लागेको छैन ।
स्टोनहेन्जको रहस्य 
यो स्थान लन्डनबाट एक सय किलोमिटर टाढा सेलिस्बरीमा छ । यहाँको आकृति आजभन्दा ३४ सय बर्ष अघिको हो । यो एकदमै गह्रौं ढुंगाबाट बनाइएको छ । तर यो ढुङेगालाई एक माथी अर्को खप्टेर कसरी आकृति बनाइयो भन्ने बिषयमा विज्ञानले अझै पनि बताउन सकेको छैन ।































प्रतिक्रिया