देउवामाथि आफ्नै नेताहरुको १० आरोप

देउवामाथि आफ्नै नेताहरुको १० आरोप

केन्द्रबिन्दु
0
Shares

पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोरेपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि आरोपको वर्षा नै भएको छ ।

बैठकसमेत बोलाउन आनाकानी गरेका देउवामाथि शीर्ष नेताहरुले नै कडा आलोचना गरिरहेका छन् । उनलाई नेता अर्जुननरसिंह केसीले छाया“ सभापति भन्ने आरोप लगाए । उनी अरु कसैको छाया“ सभापति नभएर श्रीमती आरजु राणा देउवाको छाया“ भएको पनि केसीले स्पष्ट पारिसकेका छन् । उनीमाथि कस्ता–कस्ता आरोप छन् त ? हेरौं देउवामाथिका १० आरोप –

आरोप नम्बर – १
बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवा सरकार र पार्टी दुवैतिर असफल भएको आरोप लगाए । सरकार सञ्चालनमा फितलोपन आउ“दा पार्टीले आफ्नो प्रतिष्ठा गुमाएको उनीहरुको आरोप छ ।

आरोप नम्बर – २
देउवाले जनताकोभन्दा ज्योतिषीको विश्वास गरेको आरोप नेताहरुको छ । देउवा जतिवेला प्रधानमन्त्री भए उतिबेला कांग्रेसलाई क्षति पुगेको भन्दै पौडेलपक्षीय नेताहरुले ग्रहदशा राम्रो भन्दै जनताको अपमान गरेको आरोप लगाए ।

आरोप नम्बर – ३
पार्टी विधान विपरीत केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति बनाइएको देउवामाथि आरोप छ । देउवाले नेताहरु रिझाउन दोब्बर संख्यामा केन्द्रीय कार्यसम्पादन समिति बनाएका थिए ।

आरोप नम्बर -४
चुनावमा उम्मेदवार चयन गर्ने शक्तिशाली संसदीय समितिमा देउवाले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य मनोनित गरेको नेताहरुले आरोप लगाए ।

आरोप नम्बर – ५
समानुपातिक तर्फबाट सुविधा लिइसकेलाई नदोहोर्याउने निर्णय भएपछि पनि देउवाले कतिपय उम्मेदवारलाई पुनः अगाडि सारेको आरोप छ । प्रतिनिधिसभाको समानुपातिकको अन्तिम सूची पठाउ“दा दोहोर्याए मान्न नसकिने पौडेल र सिटौला पक्षको अडान छ ।

आरोप नम्बर – ६
देउवा नेतृत्वको सरकार र पार्टी नेतृत्वले राजनीतिक भ्रष्टाचार गरेको आरोप चन्द्र भण्डारीलगायतको रहेको थियो ।

आरोप नम्बर – ७
पार्टीले नेतृत्व गरेको सरकारका बेला चुनाव हु“दा पनि शीर्ष नेताहरु पराजित हुनुमा गुट हावी भएको आरोप देउवामाथि छ ।

आरोप नम्बर – ८
जनवादी नीति बोकेका कम्यूनिष्ट पार्टीको अध्यक्ष भन्दा पनि कांग्रेसको नेतृत्व स्वच्छाचारी र निरंकुश देखिएको अर्को आरोप लागेको छ ।

आरोप नम्बर – ९
भारतले लगाएको नाकाबन्दीका बारेमा पार्टी नेतृत्वले बोल्न नसक्नु, लोकमानसिंह कार्कीमाथि लगाईएको महाअभियोगबारे मौन बस्नु तर तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीमाथि महाअभियोग लगाउन अग्रसर हुनु, गलत व्यक्तिलाई राजदूत नियुक्ति गर्नु, प्रहरी महानिरीक्षक बनाउने प्रकरणमा पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गर्नु लगायतको आरोप समेत देउवामाथि छ । प्रदेश प्रमुखमा नियुक्ति दि“दा पञ्चायती पृष्ठभूमिका व्यक्तिलाई पक्षपोषण गरेको भन्दै सभापतिको भूमिकाप्रति नै प्रश्न उठिरहेको छ ।

आरोप नम्बर – १०
उम्मेदवार चयनमा नेतृत्वले हस्तक्षेप गरी राम्रालाई भन्दा हाम्रालाई च्यापेको, गुटको आधारमा उम्मेदवार चयन भएको जस्ता कारणले आन्तरिक अन्र्तघात बढाएको देउवामाथिको अर्को मुल आरोप हो ।

 

Logo