भद्रपुर। झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सुनिता बास्की रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।































प्रतिक्रिया