काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् ।
उपसभामुखका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामाको उम्मेदवारी परेको थियो । जसमा आज भएको निर्वाचनमा राप्रपाकी लामाको प्रस्ताव बहुमतले अस्विकृत भएपछि ठाकुर स्वतः उपसभामुखमा निर्वाचित भएकी हुन् ।
आज उपस्थित भएका २५७ मध्ये रुवीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबी कुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमाले तटस्थ रहेको थियो ।





























प्रतिक्रिया