राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए । साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Logo