यामाहाको एक हप्ते ‘यामाहा ब्लु फेस्ट’ सुरु, सबैभन्दा बढी माइलेज दिने स्कुटरदेखि विभिन्न मोडेलहरू प्रदर्शनीमा

यामाहाको एक हप्ते ‘यामाहा ब्लु फेस्ट’ सुरु, सबैभन्दा बढी माइलेज दिने स्कुटरदेखि विभिन्न मोडेलहरू प्रदर्शनीमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भृकुटीमण्डपमा बहुप्रतिक्षित यामाहा नेपालको दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ बिहीबारदेखि सुरु भएको छ । सप्ताहव्यापी यस मेलाको उद्घाटन एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लू राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।

१ हप्ते महोत्सव उद्घाटन कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । आगामी ३ वैशाखसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको कम्पनीको भनाइ छ ।

महोत्सवका मुख्य आकर्षणहरूः

कम्पनीका अनसार महोत्सवमा कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न सकिन्छ भने कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजार रुपैयाँको न्यूनतम भ्यालुएसन गरिनेछ । त्यस्तै, अन्य कुनै पनि ब्रान्डका बाइक वा स्कुटरमा २५ हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने तर यसका लागि ट्याक्स क्लियरेन्स अनिवार्य हुनुपर्ने बताइएको छ ।

एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ मूल्याङ्कन बोनस, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ सुविधाका साथै यामाहा थ्रिल अफ थ्री योजनाका साथ १ लाख रुपैयाँसम्म नगद छुट दिइनेछ ।

त्यस्तै, महोत्सव अवधिभर थ्रिल अफ थ्री विज्ञापन शेयर गर्दा १ हजार नगद पुरस्कार जित्न सकिनेछ भने विज्ञापनको स्क्रिनसट देखाएर ५० हजार रुपैयाँसम्म नगद छुट जित्न सकिनेछ । त्यस्तै, यामाहा खरिद गर्दा १ लाख नगद छुट जित्न सकिनेछ ।

अन्य उपहारहरू के-के छन् ?

डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाइनेछ भने कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्न र रोमाञ्चक उपहारहरू घर लैजान पाइनेछ । गेमिङ जोनमा एक्सन–प्याक फन र प्रतियोगिताहरूमा डुब्न पाइनेछ । त्यस्तै, महोत्सवमा फेस पेन्टिङको व्यवस्था पनि गरिएको छ । महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान् पर्फर्मेन्स हेरेर महोत्सवमा सांगीतिक आनन्द पनि लिन पाइने बताइएको छ । महोत्सव अवधिभर फ्री एक्सेसरिजको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ । साथै महोत्सवमा ग्राहकहरुले मनपर्ने कन्टेन्ट क्रियटर सँग ग्रिट एन्ड मिट पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५एफआई हाइब्रिड (एआरएआई प्रमाणित ७१.३३ किमि/लिटर) प्रमुख आकर्षण हो । त्यससँगै आर१५ भी४, एमटी– १५ भी२, एरोक्स १५५, एपजेड भी३ सिरिज र डब्लूआर१५५आरजस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्, जसले शहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ–रोड रोमाञ्चक यात्रा मन पराउने सवारीप्रेमीसम्म सबैका आवश्यकता पूरा गर्ने कम्पनीको विश्वास रहेको छ ।

‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको कम्पनीको दाबी छ ।

Logo