सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गृहमन्त्री गुरुङले भने- गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो !

सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गृहमन्त्री गुरुङले भने- गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो !

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । उनले फेसबुक स्टोरीमा लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो ।’

उनले ‘चेतना भया’ ह्यासट्याग राख्दै थप लेखेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’

गृहमन्त्री गुरुङले पेश गरेको विवरण अनुसार उनले सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन् । उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् । गुरुङले आफ्नो सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय उल्लेख गरेका छन् । के व्यवसाय भनेर चाहिँ खुलाएका छैनन् ।

Skip This
Skip This
Logo